Opening Hour
चिकित्सा शिक्षा आयोगद्वारा मिति २०८०/०२/१९ मा प्रकाशित भएकोे चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फ दोश्रो चरणको (Matching) नतिजा तथा विद्यार्थी भर्ना सम्बन्धि सूचना अनुसार पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पस÷कलेजहरुमा भर्नाका लागि छनौट भएका सफल विद्यार्थीहरुलाई मिति २०८०/०२/२४ गते भित्र पू.वि चिकित्साशास्त्र संकाय, गोठगाउँ, मोरङ्गमा उपस्थित भई अथवा यस संकायको अधिकारिक एडमिसन पोर्टल मार्फत भर्ना प्रक्रिया पुरा गर्नहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिन्छ ।
पूर्वाञ्चल विश्वविद्यालय कार्यकारी परिषदको मिति २०७९/१२/१० गतेको निर्णय अनुसार तथा पू.वि. चिकित्साशास्त्र संकायको मिति २०७९/१२/१९ गते प्रकाशित पदपूर्ति गर्नका लागि सूचना प्रकाशन गरे अनुसार सह-प्राध्यापक तथा उप-प्राध्यापक करार सेवाका लागि लिइएको बस्तुगत परीक्षा (पूर्णाक ५०) को आधारमा सफल उमेद्वारहरलाई अन्तवार्ताका लागि संलग्न बिबरण बमोजिम सिफारिस गरिएको छ । यस अनुसार संलग्न बमोजिको उम्मेदवारहरुको पू.वि. चिकित्साशास्त्र संकायको निर्णय अनुसार सूचना टाँस गरिएको व्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायद्वारा मिति २०७९/१२/१९ गतेको कान्तिपुर राष्ट्रिय दैनिक र www.pufomas.edu.np मा प्रकाशित करार सेवाका पदहरुमा Short List भएका उम्मेदवारको विज्ञापनमा उल्लेख भए अनुसार बस्तुगत परीक्षा तथा अन्तर्वार्ता तपशील बमोजिमको मिति, समय र स्थानमा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायले मिति २०७९/१२/१९ गते प्रकाशित गरेको Basic Science तर्फको करार सेवाको बिज्ञापन अनुसार Shortlisted उमेदवारहरुको सुचि प्रकाशन गरेको छ
चिकित्सा शिक्षा आयोगद्वारा मिति २०८०/०२/१० मा प्रकाशित भएकोे चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फ पहिलो चरणको पूनःम्याचिङको विद्यार्थी भर्ना सम्बन्धि सूचना .
पूर्वाञ्चल विश्वविद्यालयको नियमानुसार यस चिकित्साशास्त्र संकाय अन्तर्गतका सम्बन्धन प्राप्त क्याम्पसहरुले प्रत्येक ३÷३ बर्षमा विश्वविद्यालयबाट सम्बधन नवीकरण गराएरमात्र कार्यकम संचालन गर्नु पर्ने भन्ने नियमानुसार तथा पू.वि. सम्बन्धन सम्बन्धी नीति, शर्त, प्रकृया २०७३ को अनुसूचि ८ बमोजिम प्रत्येक आर्थिक बर्षमा बुझाउनु पर्ने सेवा शुल्क हालसम्म पनि प्राप्त नभएको हुँदा पूर्वाञ्चल विश्वविद्यालयले निर्धारण गरेको अस्थायी सम्बन्धन नवीकरण शूल्क तथा वार्षिक सेवा शुल्क मिति २०८०÷०३÷०७ गते भित्र तपसिल बमोजिमको खातामा बुझाई सो को सक्कलै भाउचर सहितको पत्र यस संकायमा पठाउनहुन यो सूचना प्रकाशित गरिएको छ । साथै बुझाउन बाँकी रहेको शुल्क पनि यसै सूचनालाई आधारमानी बुझाउनहुन समेत जानकारी गराइन्छ ।
Online Admission Procedure for Paying Category
स्नातक तह सःशुल्क तर्फको भर्ना सम्बन्धि अत्यन्त जरुरी सूचना
Notice for Scholarship Second Rematching Admission List of Bachelor Level 2023
Notice for Scholarship Second Admission List of Bachelor Level 2023